×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

थप २ लघु बीमा कम्पनीलाई लाइसेन्स दिने प्राधिकरणको निर्णय

BIZBAZAR

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई लघु बिमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनः दुई लघु बिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार प्राधिकरणले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन निर्णय गरेको हो ।

लघु बीमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएका ७ मध्ये हालसम्म ४ कम्पनीले मात्रै लाइसेन्स पाएको पौडेलले बताएका छन् । ‘आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो ।’, उनले भने, ‘लघु बिमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएका ७ कम्पनी मध्ये ४ कम्पनीले मात्रै लाइसेन्स पाएका हुन् ।’

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने पुँजी बढाउन नसक्दा प्राधिकरणमा आवेदन नै दिएका छैनन् । प्राधिकरणले पुँजी पुर्याउन नसकेका लघु बिमा कम्पनीहरुलाई ४५ दिन समय थप गरेको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal