×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइजसँग मर्जर प्रक्रियामा रहेको लक्ष्मीको नाफामा उल्लेख्य सुधार, खुद नाफा ४७% ले बढ्दा ईपीएस ४ रुपैयाँले बढ्यो

PRIME CA
GLOBAL IME BANK

सनराइजसँग मर्जर प्रक्रियामा रहेको लक्ष्मीको नाफामा उल्लेख्य सुधार, खुद नाफा ४७% ले बढ्दा ईपीएस ४ रुपैयाँले बढ्यो

८ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा बैंकको नाफामा ४७.३१ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६४.०७ प्रतिशतले बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ५७.६१ प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको उक्त नाफा १ अर्ब २६ करोड रुपैयाँ भन्दा धेरै थियो ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ७ पैसाले बढेर १४ रुपैयाँ ६१ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९१ पैसा थियो । हाल सिटिजन्स बैंकको प्रतिसेयर नेटवर्थ पनि १५६ रुपैयाँ ३५ पैसा छ । लक्ष्मी बैंक हाल सनराइज बैंकसँग मर्ज प्रक्रियामा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: