×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरार सांसद कोइरीलाई एमालेद्वारा उद्योग समितिमा सिफारिस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फरार सांसद कोइरीलाई एमालेद्वारा उद्योग समितिमा सिफारिस

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेले फरार सांसद लक्ष्मी महत्तो कोइरीलाई उद्योग समितिमा सिफारिस गरेको छ । संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार एमालेले संघीय संसदका ‘फरार सांसद’ कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरको हो ।

एमालेले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा बैठकले कोइरीको नाम समितिमा अनुमोदन गर्नेछ । मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उनलाई सजाय सुनाएपछि कोइरी फरार रहेका छन् । तर, स्वास्थ्यको कारण देखाउँदै उनी संसद बैठकमा अनुपस्थित हुँदै आएका छन् ।

बिना जानकारी लगातार १० पटकसम्म बैठकमा अनुपस्थित भए सांसद पद स्वतः खारेज हुने भए पछि कोइरीले पत्र लेख्दै उपस्थित हुन नसक्ने जनाएका हुन् । कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी