×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

यूएईमा ‘ड्राइभर’को काम गर्ने पदमले जिते ७१ करोडको चिट्ठा, भने- ‘सपनामा पनि नसोचको भयो’

BIZBAZAR

काठमाडौं । वैदेशिक रोजगारीमा यूएईमा कार्यरत एक नेपालीले झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा हात पारेका छन् । यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले ‘महजुज राफल ड्र’ मार्फत २० मिलियन दिराम ७१ करोड बढीको चिट्ठा जितेका हुन् ।

पदमले चिट्ठाको पाँचवटै नम्बर मिलाएपछि कुल ७१ करोड ७७ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ नेपाली बराबरको चिट्ठा जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ ।

पदम सन् २०२३ मा पाँचै नम्बर मिलाएर ठुलो चिट्ठा जित्ने पहिलो सहभागीसमेत बनेका छन् । पदमले यूएईमा गाडी चलाएर ५७ सय दिराम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् । उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् ।

यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको भए पनि अहिलेको जस्तो ठूलो रकमको चिट्ठा जितेको यो पहिलो पटक रहेको पदमले बताएका छन् । ‘यसअघि पनि मैले यस्तो चिट्ठा जित्दै आएको थिएँ । तर यति ठूलो रकमको चिट्ठा जितेको भने पहिलो हो ।’, उनले भने, ‘चिट्ठा जितेको कुरामा विश्वास नै लागिरहेको छैन ।’

उनले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफाले राखेको बताएका छन् । पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट पनि विभिन्न असहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal