×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको पर्फमेन्स बिग्रियो, नाफा घट्यो, ईपीएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको पर्फमेन्स बिग्रियो, नाफा घट्यो, ईपीएस पनि घट्यो

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमासको खुद नाफा घटेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

जुन खुद नाफा गत वर्षको यसैअवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । गत वर्षको यसैअवधिमा भने बैंकले १ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, खुद ब्याज आम्दानी भने बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १४.७८ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा १२.५१ प्रतिशतले घटेर १ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १७ पैसाबाट २ रुपैयाँ ६ पैसाले घटेर १२ रुपैयाँ ५७ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपेयाँ ५० पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी