Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको खुद नाफामा ४६.९५ प्रतिशतले गिरावट, ईपीएससहितका अधिकांश सूचकहरु पनि घटे

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकको यसअवधिमा खुद नाफा घटेर ३७ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

जुन खुद नाफा गत वर्षको यसैअवधिको तुलनामा ४६.९५ प्रतिशतले कम हो । बैंकले गत वर्षको यसैअवधिमा ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको यसैअवधिको तुलनामा १०.२१ प्रतिशले बढी हो । बैंकले गत वर्ष १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा ४६.४४ प्रतिशतले घटेर ५४ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ६३ पैसाले घटेर १२ रुपैयाँ ११ पैसामा झरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK