×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँड

PRIME CA

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँड

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वसाधारणमा निष्काशीत आइपिओ चैत २८ गते बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो ।

हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको १३ लाख ३७ हजार ३ सय २ कित्ता सेयरको लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको हो ।

उक्त बाँडफाँडमा १२ लाख ८१ हजार ४ सय २ जना रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये १ लाख ३३ हजार ७ सय ३० जनालाई १० कित्ताको दरले र २ जनालाई थप १ कित्ता गरी जम्मा १३ लाख ३७ हजार ३ सय २ कित्ता सेयर बाँडफाँड सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबर्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति २०७९/०१/२८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: