Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबार बाहिरबाट मिटरब्याज पीडित पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले सिंहदरबार बाहिरबाटै पक्राउ गरेको हो ।

सरकारले मिटरब्याज पीडितसँग गत शनिबार पाँच बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्रै आफूहरुको माग पूरा नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह आन्दोलनमा उत्रिएको हो । सोही क्रममा सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध लगाइएको झुठा मुद्धा खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK