×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

Artha Sarokar

१७ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिटरब्याजी पीडितको समस्य समाधान गर्न गठित अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगको कार्यालय धनुषाको जनकपुरधाममा खोलिएको छ । उक्त कार्यालयको उद्घाटन आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् ।

कार्यालय स्थापना लगतै अब मिटरब्याजसँग सम्बन्धीत सम्पूर्ण काम जनकपुरधामबाटै हुनेछ । कार्यालय नहुँदा आयोगले सिंहदरवारस्थित गृहमन्त्रालयबाटै काम गर्दै आएको थियो । सरकारले गत २० चैतमा मिटरब्याज पीडितको समस्या समाधान गर्न बिशेष अदालतका पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

कार्यालय उद्घाटनपछि गृहमन्त्री श्रेष्ठले दु्रतगतिमा काम सक्न निर्देशन दिएका छन् । आयोगले गत बिहीवार मिटरब्याज पीडितहरूसँग उजुरी आह्वान गरेको थियो । बिज्ञप्ती सार्वजनिक गर्दै आयोगले १७ देखि ३१ वैशाखसम्म उजुरी दिन आह्वान गरेको थियो । विज्ञप्ती अनुसार ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सकिने छ । उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भरिदिने आयोगले जनाएको छ ।

मिटरब्याजी पीडितका समस्या मुलुकभरबाट आउन थालेपछि सरकारले गत २७ साउनमा उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले त्यसवेला पनि महिना दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी दिन मुलुकभरका पीडितलाई आह्वान गरेको थियो ।

मिटरब्याजको पासोमा मुलुकभर झन्डै दुई लाख पीडित रहेको भनिएको छ । तर, त्यसवेला दुई हजार सात सय ४८ मात्रै उजुरी परेका थिए । जसमध्ये दुई सय १० उजुरी समाधान भएका छन् । ५१ वटा अदालतमा विचाराधीन छन् भने चार सय ७२ उजुरी छलफलका क्रममा छन् । बाँकी रहेका दुई हजार १५ मध्ये ६० प्रतिशत उजुरी अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएका छन् । तर, उजुरीमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी