×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदी इनर्जीको ७२ लाख ५० हजार कित्ता आईपीओ आउँदै, कहिलेबाट दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मोदी इनर्जीको ७२ लाख ५० हजार कित्ता आईपीओ आउँदै, कहिलेबाट दिन पाइन्छ आवेदन ?

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मोदी इनर्जीले बैशाख १९ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २९ करोड रुपैयाँ बराबरको २९ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बित्री नभएको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि सर्वसाधारणलाई निष्कासन हुनेछ ।

यस्तै कम्पनीले सर्वसाधारण लागि ४३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर छुट्याएको थियो । जसको १० प्रतिशतले हुने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरेको छ । यस्तै २ लाख १७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष र ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको ३६ लाख १० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावितलाई जारी गरेको आईपीओमा बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कुल ५९ लाख ९५ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ ।

यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी