काठमाडौँ । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भनेको आईपीओमा सच्चाएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आईपीओको आह्वानपत्रमा सच्चाएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागी २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको थियो।
कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ।
यसअघिको आह्वानपत्रमा सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर जारी हुने भनिएको थियो। तर, उक्त संख्या त्रुटिपूर्ण थियो। किनकि स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर जारी हुने हुनुपर्ने थियो। आज कम्पनीले सूचना प्रकाशन गर्दै आह्वानपत्रमा सर्वसाधारणका लागि निष्कासन गरिने कित्ता ५५ लाख ५९ हजार ४२० हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्चाइएको उल्लेख छ।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिन्छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ २ गते बैंकिङ समयपछि हुनेछ। मोदी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्