काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आफ्ना कर्मचारीलाई १५ सय करोड भारुको घर गिफ्ट दिएका छन् । अम्बानीले आफ्नो कम्पनीमा ४३ वर्षदेखि काम गर्दै आएका मनोज मोदीको लागि १५ सय करोड भारुको घर किनेका हुन् । मोदी अम्बानीको दाहिने हात हुन् ।
मोदी अम्बानीका दाहिने हात मात्र होइनन् बरु उनका निकै नजिकका साथी पनि हुन् । उनीहरु दुवैजनाले मुम्बईको युनिभर्सिटी डिपार्टमेन्ट अफ केमिकल टेक्नोलोजीमा सँगै पढेका थिए । मुकेश अम्बानीले रिलायन्समा काम गर्न सुरु गरेपछि उनले मनोजलाई पनि आफुसँगै काम गर्न बोलाए । मनोज मोदी सन् १९८० देखि रिलायन्स इन्डस्ट्रिजमा कार्यरत छन् । मोदी अम्बानीको विश्वासका खास पात्र पनि हुन् ।
सन् २०१६ मा मनोज मोदीकी छोरीको विवाह मुकेश अम्बानीको घरमा भएको थियो । सन् २००७ मा रिलायन्स रिटेलको सीईओ बनेका मनोज मोदीले अम्बानी परिवारका तीनै पुस्तासँग काम गरेका छन् । यसले पनि यी दुईबीचको सम्बन्ध कति घनिष्ट छ भन्ने प्रष्ट पार्दछ ।
यसैबीच अम्बानीले मोदीलाई २२ तले भवन गिफ्ट दिएका हुन् । हाल मनोज मोदी रिलायन्स जियो र रिलायन्स रिटेलको निर्देशक पदमा कार्यरत छन् । मनोजलाई कम्पनीमा मास्टर माइन्ड भनिन्छ । मनोज मोदीले मुकेश अम्बानीको हजिरा पेट्रोकेमिकल, जामनगर रिफाइनरी, टेलिकम बिजनेस र रिलायन्स रिटेल जस्ता ठूला परियोजनाहरू ह्यान्डल गरेका छन् ।
मनोज मोदीले जामनगर रिफाइनरीमा काम गर्दा ठेकेदार र व्यवसायीबीच चर्को लेनदेन गरेका थिए । यो प्रोजेक्ट पछि मात्र मनोज मोदी मुकेश अम्बानीको मनपर्ने बने। रिलायन्सको जिओ सेवाको पछाडि पनि मनोज मोदीको दिमाग रहेको छ। मनोजले फेसबुक इंकसँग ५।७ बिलियन डलरको सम्झौतामा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्