Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार साँझदेखि शनिबार बिहानसम्म मुक्तिनाथ विकास बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवा बन्द !

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवा बन्द हुने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले शुक्रबार साँझदेखि शनिबार बिहानसम्म बैंकको सम्पूर्ण डिजिटल सेवा बन्द हुने जानकारी दिएको हो ।

बैंकको कोर बैंकिङ सिस्टम ‘मेन्टिनेन्स’ गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । ‘यस बैंकले हाल कोर बैंकिङ सिस्टम मेन्टिनेन्स गर्नुपर्ने भएकोले शुक्रबार साँझ ९ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारी गराउदछौँ ।’- बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ बैंकले जारी गरेको सूचनाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK