×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको नाफामा २१ प्रतिशतको गिरावट, ईपीएस पनि ७ रुपैयाँ घट्यो (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको नाफामा २१ प्रतिशतको गिरावट, ईपीएस पनि ७ रुपैयाँ घट्यो (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २१ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.०९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८४ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ७७ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: