काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्थाई ठेगाना कोहलपुर ननगरपालिका –११ का स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । घर्तिले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खालेका कारण उनका परिवारले बीमा दाबी भुक्तानी वापत सो रकम पाएका हुन ।
बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो । बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो ।
उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु , पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्