×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिलको, खुद नाफा ५ अर्ब नाघ्यो, ईपीएस पनि बढ्यो (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिलको, खुद नाफा ५ अर्ब नाघ्यो, ईपीएस पनि बढ्यो (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चैत्र मसान्तसम्ममा ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरको सो नाफा गत आर्थिक वर्षको तुलनामा ५२.६३ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: