Skip to content
LAXMI SUNRISE BANK

सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सांसद नागिनाको माग

अर्थ सरोकार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाव दिएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद यादवले यस्तो सुझाव दिएकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी गरिरहेका बेला सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउनुपर्ने सुझाव दिएकी हुन् ।

विश्व स्वाथ्य संगठनले पनि बारम्बार नेपाललाई सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन आग्रह गर्दै आएको भए पनि नेपालले उक्त विषयलाई कम महत्वका साथ हेरेको बताउँदै उनले यस विषयमा विशेष रुपमा पुर्नविचार गर्न सुझाव दिएकी हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK