×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको नाफा करिब १९ प्रतिशतले घट्यो, ईपीएसमा पनि ४ रुपैयाँको गिरावट (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल बैंकको नाफा करिब १९ प्रतिशतले घट्यो, ईपीएसमा पनि ४ रुपैयाँको गिरावट (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंकको नाफामा १९ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १८.७२ प्रतिशतले घटेको हो ।

बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अहिलेको भन्दा १८.७२ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २७.३२ प्रतिशतले बढेको छ । त्यस्तै सोही अवधिमा बैंकको निष्क्रिय कर्जा भने २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । यसरी निष्क्रिय कर्जा बढ्दा इम्पेरमेन्ट चार्ज पनि बढेर १ अर्ब ४८ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफामा १४.९७ प्रतिशतको गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसा कायम भएको छ । सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: