Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीद्धारा लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK