तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा नेपाल एसबिआईबैंकको झुर सेवाका कारण पेन्सन लिने बृद्ध बाआमाहरु तनावमा परेका छन् । अव्यवस्थित लाइन, बैंकको निकै कमजोर सेवा र कर्मचारीको हेपाहा व्यवहारका कारण त्यहाँका स्थानीयहरु समस्यामा परेको गुनासो लाइनमा बसेकाहरुले गरेका छन् ।
लाइनमा बसेकाहरुले बैंकका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको र बीचबीचमा आफ्ना मान्छे घुसाएर गलत काम गरिरहेकोसमेत आरोप लगाएका छन् ।
पेन्सन लिनका लागि कुपन लिन बैंक खुल्नुअघि नै वृद्ध बाआमाहरु लाइनमा बसेका छन् । तनहुँलगायत लमजुङ, गोर्खाका पेन्सनरले यहाँबाट पेन्सन लिने गरेका छन् ।
तनहुँको सदरमुकाम दमौलीमा नेपाल एसबिआई बैंकमा भारतीय भूतपुर्व सैनिक तथा उनीहरूका परिवार पेन्सन लिन लामबद्ध भीडले पनि बैंकको सेवामा ग्राहकले भोगिरहेको सास्तीलाई प्रष्ट हुनेगरी देखाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्