×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव सम्पन्न

Artha Sarokar

१३ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा पूर्व महान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ, महानायक राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा सो समारोह सम्पन्न गरिएको हो ।

कम्पनीको निर्देशक विभा झाले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित अतिथि तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई स्वागत गर्दै नेपोभिट टाईल्सको एक वर्षको यात्रामा साथ दिने कर्मचारी, ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण साझेदारहरुलाई धन्यवाद दिए ।

द सोल्टी काठमाडौँमा आयोजित सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मिडिया र सात सय भन्दा बढीको उपस्थितिमा नेपोभिट टाईल्सले नयाँ २.४ फिटका टाईल्सहरु पनि सार्वजनिक गरेको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाईल्सलाई साथ सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावना हरुको बारेमा जानकारी गराउंदै नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाईल्स्हरु बजार भित्राउने जानकारी गरए ।

समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपालमै पहिलो र एकमात्र टाईल्स कम्पनी नेपोभिट टाईल्सले गरेको काम सराहनीय भएको बताए । नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारको तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने कुराको प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी नेपोभिट टाईल्स्का अध्यक्ष शम्भु नाथ झाले नेपोभिट टाईल्सले एक वर्षमा हासिल गरेको उपलब्धीहरुका बारेमा बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको कुरा जानकारी गराए ।

नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरुलाई उपयोग गर्दै टाईल्स मात्र नभई विभिन्न सेरामिक वस्तुहरु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्राउन नेपोभिट टाईल्स प्रतिवद्ध रहेको जानकारी गराए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी