काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २६६ कम्पनीको २९ लाख ७५ हजार ९ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ । यस प्रमोटर सेयरको ५ करोड २६ लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा पनि कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा सनराइज ब्लुचिप फण्ड, जोशी हाइड्रोपावर कम्पनी, बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, ओरियन्टल होटेल र एनएमबि बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । खप्तड लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा आदर्श लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था र आशा लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ । यस प्रमोटर सेयरको ५ करोड २६ लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी, सोल्टी होटेल र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्