काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेप्से परिसूचक दोहोरो अङ्कले बढोत्तरी भएको छ । लगातार ४ कारोबारमा ओरालो लागेको नेप्से परिसूचक आज १५.१३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२०.१२ को विन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा कुल २७३ कम्पनीको २५ लाख ७९ हजार ३ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार स्वावलम्बन लघुवित्तको प्रमोटर सेयरको भएको छ । यस प्रमोटर सेयरको ८ करोड ८३ लाख बढीको सेयर कारोबार भएको हो ।
यस्तै नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड १७ लाख रुपैयाँ, निफ्राको २ करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका २ करोड ३ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको १ करोड ६७ लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ करोड ६४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ३ वटा कम्पनीको सेयर भाउमा पोजिटिभ सर्किट लागेको छ। कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्