काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १८.०८ अङ्कले घटेर १८८५.६० बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६५ कम्पनीको २७ लाख ३४ हजार ३ सय सा कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाखमाथिको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सनराइज ब्लुचिफ फन्ड, आदर्श लघुवित्त वित्तिय संस्था र कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरूको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् ।
यस अलावा ट्रागन रेजेन्सी होटेल लिमिटेड, वेन नेपाल लघुवित्त वित्तिय संस्था, बलेफी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार मोलुङ हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड ११ लाख ९५ हजार तीन रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, नबिल बैंक र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः
यस्तै आइतबारको सेयर बजारमा सनराइज फोकस्ड इक्युटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनएमबी सुल्भ इन्भेष्टमेन्ट फन्ड –२, गुडविल फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र धौलागीरी लघुवित्त वित्तीय संस्थामा उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्