×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २.७१ अङ्कले बढ्यो नेप्से परिसूचक, ७५ करोड १३ लाखमाथिको कारोबार हुँदा नेप्से १८८८.३२ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार २.७१ अङ्कले बढ्यो नेप्से परिसूचक, ७५ करोड १३ लाखमाथिको कारोबार हुँदा नेप्से १८८८.३२ बिन्दुमा

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २.७१ अङ्कले बढेर १८८८.३२ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७० कम्पनीको २२ लाख ६० हजार ८ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाखमाथिको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेड, एनआइबीएल प्रगति फण्ड, नविल इक्युटी फण्ड, आँखु खोला जलविद्युत कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ता मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार कालिन्चोक दर्शन लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ८१ लाख ७८ हजार दुई सय २१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक, एनआईसी एशिया बैंक र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सनराइज फोकस्ड इक्वीटी, मोलुङ हाइड्रोपावर कम्पनी, एनएमबी सुल्भ इन्भेष्टमेन्ट फन्ड –२, ट्रागन रेजेन्सी होटेल लिमिटेडमा उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी