काठमाडौं । साताको कारोबारको चौँथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १३.६८ अङ्कले घटेर १८९२.०० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६४ कम्पनीको २५ लाख ७१ हजार २ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ७० लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ७० लाख १६ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा जनउत्थान सामुदायीक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस अलवा कुमारी इक्युटी फण्ड, एनआइसी एसीया सेलेक्ट फण्ड ३०, उपकार लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः
यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टस्को भएको छ । यस कम्पनीको ७० लाख १६ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा ट्रागन रेजेन्सी होटेल लिमिटेड, एभरेष्ट बैँक, हिमालयन डिस्ट्रिलरी, नबिल बैंक र एनआइसी एसिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः
यस्तै बुधबारको सेयर बजारमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सनराइज ब्लुचिप फण्डको सेयरमा यस्तो गिरावट आउँदा ट्रागन रेजेन्सी होटेल लिमिटेड, मनुसी लघुवित्त वित्तीय संस्था, गुरास लघुवित्त वित्तीय संस्था र सिटिजन्स् म्युचुअल फण्ड –१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्