×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २.२७ अङ्कले घट्यो नेप्से परिसूचक, १८८९.७३ बिन्दुमा पुगेर बन्द भयो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबार २.२७ अङ्कले घट्यो नेप्से परिसूचक, १८८९.७३ बिन्दुमा पुगेर बन्द भयो बजार !

Artha Sarokar

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६९ कम्पनीको २१ लाख ७४ हजार ९ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेष्ट बैँकको भएको छ । यस कम्पनीको ३ कारेड ७६ लाख ९१ हजार ४ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहिबार सेयर बजारमा सिटिजन्स् म्युचुअल फण्ड –२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस अलवा तेह्रथुम पावर कम्पनी, ट्रागन रेजेन्सी होटेल लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड र आरबीबी म्युचल फण्ड –१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

 

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेष्ट बैँकको भएको छ । यस कम्पनीको ३ कारेड ७६ लाख ९१ हजार ४ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, शिभम् सिमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ट्रागन रेजेन्सी होटेल लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा एनआइबीएल ग्रोथ र एनएमबी डेबेन्चर ८.५०%–२०८७/८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । युनिलेभर नेपाल लिमिटेड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्चेम –२ र कुमारी धरावृद्धि योजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी