काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.३८ अङ्कले बढेर १९०५.६८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २६४ कम्पनीको २७ लाख ५ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ५५ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टस्को भएको छ । यस कम्पनीको ७० लाख ०९ हजार ५ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा तारागन रेजेन्सी होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस अलवा खप्तड लघुवित्त वित्तीय संस्था, सिटिजन्स् म्युचुअल फण्ड-१, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे बैंक र शिभम् सिमेन्टस्का लगानीकताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टस्को भएको छ । यस कम्पनीको ७० लाख ०९ हजार ५ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा कालिन्चोक दर्शन लिमिटेड, नबिल बैंक, हिमालयन डिस्ट्रिलरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सनराइज ब्लुचिप फण्डको सेयरमा यस्तो गिरावट आउँदा सनराइज फोकस्ड इक्वीटी, पिपुल्स पावर लिमिटेड, सिटिजन्स् म्युचुअल फण्ड-२ र धौलागिरी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्