Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १६.८७ अंकले घटेर बन्द भयो सेयर बजार 

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.८७ अंकले घटेर १९०३.२६ बिन्दुमा पुगेको हो । 

बिहीबार नेप्सेमा कुल २६७ कम्पनीको २९ लाख ४३ हजार ७ सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोडमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यस बैंकको ५ करोड ६० लाख ६१ हजार ४ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहीबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरूको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा सनराइज ब्लुचिप फण्ड, ग्रीन डेभलपमेन्ट बैँक, धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ता पनि मालामाल भएका छन् ।हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको ५ करोड ६० लाख ६१ हजार चार सय दुई रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा कुमारी बैंक, स्टेन्र्ड चार्टड बैंक, एसियन लाइफ इन्स्युरेन्स, एभरेष्ट बैक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तीय संस्था, एनएमबी सुल्भ इन्भेष्टमेन्ट फन्ड –२ र सिटिजन म्युचुअल फन्ड –२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेका हुन् । साम्लीङ पावर कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र सप्तकोसी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK