काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभा बैशाख १० गते सुनसरीको धरान उपमहानगरपालिका –८ स्थित होटल गजुरमा सम्पन्न भएको हो ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
त्यस्तै संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव समेत सभाबाट पारित भएको छ ।
यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपीडित परिवारहरूलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ ।
“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भइरहेको छ ।
उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरूप कार्य गर्ने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्