काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको मुनाफा गत आर्थिक वर्षको तुलनामा ०.६५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफामा दबाब पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानीमा २६.८२ प्रतिशतको वृद्धि भएको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि सामान्य वृद्धि भएको छ । सो अवधिमा बैंकको ईपीएस १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्