×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकलाई स्वास्थ्य क्षेत्रकै पर्यायवाची बनाउने उद्घोष, वार्षिकोत्सव समारोहमा कर्मचारी सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नर्भिकलाई स्वास्थ्य क्षेत्रकै पर्यायवाची बनाउने उद्घोष, वार्षिकोत्सव समारोहमा कर्मचारी सम्मानित

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाडौंको याक एण्ड यति होटलमा एक भव्य समारोहकाबीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो । समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे ।

‘ स्वास्थ्य विज्ञानमा जसरी नयाँ नयाँ सम्भावनाहरु प्रतिनिदिन थपिदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौति पनि बढिरहेको उल्लेख गर्दै उनले भने–‘हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समन्नुत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं र रहनेछौं।’

सेवा बिस्तारका नयाँ नयाँ चुनौतिसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता पर्ने उल्लेख गर्दै आफूले जीवनको आधा समय खर्चिएर यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी पुत्री मेघा चौधरीको काँधमा आएको र उनले पनि नयाँ जोस र जाँगरका साथ नर्भिकलाई थप उचाई प्रदान गर्ने आशा व्यक्त गरे ।

समारोहमा बोल्दै हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र बिस्तार गर्दै अगाडि बढ्ने प्रण गरेकी छिन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन् । नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ । उनले क्रार्यक्रममा बोल्दै भनिन् -‘ अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं ।’

उनले प्रविधिमा पनि लगानी बढाउँदै जाने र निकट भविष्यमै वल्र्डकै बेस्ट सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष समेत गरिन् । उनले ३० वर्षको उपलब्धिको रक्षा गर्दै नर्भिकलाई अझ माथि पुर्याउने प्रण समेत गरेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै नर्भिक हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०५० सालदेखि ३० शैयाको सानो नर्सिङहोमबाट सुरु भएको नर्भिक मल्टिस्पेशालिटिज अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमीटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि आइपीओ समेत जारी गर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले ३० वर्षअघि ३० बेडबाट सुरु भएको नर्भिक आज देशकै कहलिएको अस्पतालको रुपमा स्थापित भएको खुशी प्रकट गरे । ‘नर्भिक आजको दिन एउटा ब्राण्ड बनेको छ । उनले क्रार्यक्रममा बोल्दै भने-‘देशभरि, विदेशमा नर्भिक आफ्नै नामले चिनिएको छ ।’ ठाउँमा आइपुगेका छौं, झण्डै २५ लाखभन्दा बढी स्वदेशी विदेशी नागरिकलाई उपचार सेवा पुर्याइसकेको अवस्था छ । आज नर्भिकमा हरेक विज्ञ उपलब्ध छन् भने हरेक रोगको उपचार सम्भव छ । ’

उनले नर्भिकलाई योभन्दा धेरै अगाडि पुर्याउने दाबी गर्दै यो हस्पिटललाई स्वास्थ्य क्षेत्रकै पर्यायवाचीको रुपमा स्थापित गर्ने समेत उद्घोष गरेका छन् । कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । औपचारिक समारोहअगाडि आयोजित सिएमई(कन्टीन्यूअस मेडिकल एजूकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमशः विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।

नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सांगीतिक र सांस्कृतिक प्रस्तुती समेत दिई वार्षिकोत्सव समारोहको रौनक बढाएका थिए । अस्पतालले यसअघि प्रभातफेरि, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याइएको थियो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी