काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् ।
बिहिबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् । गैर आवसीय नेपाली संघ (एनआरएनए) को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा नीजि आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् ।
कोरिया-एसिया इकोनोमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका डा. लीले बिहिबार सिईओ गुरुङसँग वैदेशीक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए । डा. लीले विशेष गरेर सर्वसाधारण आम नागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए ।
आफूहरुले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिक पोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आम जनताले प्रत्यक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए ।
सिईओ गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रि मौद्रीक नीतिका कारण केही जटिलता रहेको बताए । आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाईनमा बसेको र लगानीको खोजिमा रहेको बताउँदै निकट भविश्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्नसकिने धारणा राखे ।
छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरियालगायताका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरभूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे ।
सो भेटघाटमा संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, विजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जीनियरिङ प्रा.लि.का डाइरेक्टर देब गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोशिष गर्नु पर्ने धारणा राखे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्