×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउपालिका –६ पाखरटोल स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका –१० स्थित नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन् । 

भण्डारीले मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीको लागि राम्रो कम्पनीमा पोर्चुगल पठाइदिन्छु विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा १५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय खटिएको प्रहरी टोलीले भण्डारीलाई वैशाख ५ गते काठमाडौँ महानगरपालिका –१३ ताहाचालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी