Skip to content
LAXMI SUNRISE BANK

फेसबुकको दुरुपयोग गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक)को दुरुपयोग गरी चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका –८ का ३७ वर्षीय शम्भु कार्की रहेका छन् । 

कार्कीले ‘सम्भु कार्की’ नामको फेसबुक आईडीबाट महिलाहरूलाई साथी बनाई म्यासेन्जर च्याट मार्फत कुराकानी भएको केही समयपछि अश्लिल भिडियो, फोटो, निजको आफन्तजन, घर परिवारका सदस्यहरूलाई पठाई दिन्छु, भनी बिभिन्न धाक धम्की दिई रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कार्कीलाई आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK