काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजेलको मूल्य लिटरमा ६ रुपैयाँ ८२ पैसाले घटेर आएको आयल निगमले जनाएको छ ।
आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।