काठमाडौँ । आईएमई लिमिटेडको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आईएमईले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आइपिओ) गर्न लागेको हो ।
आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ। आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्