×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरीलाई प्राप्ती गरेको प्रभुको नाफा ११ प्रतिशतले बढ्यो, निक्षेप संकलन र कर्जा लगानी दुवैमा उल्लेख्य विस्तार

PRIME CA
GLOBAL IME BANK

सेञ्चुरीलाई प्राप्ती गरेको प्रभुको नाफा ११ प्रतिशतले बढ्यो, निक्षेप संकलन र कर्जा लगानी दुवैमा उल्लेख्य विस्तार

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले चैत्र मसान्सम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा ११.५१ प्रतिशत बढी नाफा आर्जन गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेको छ । यद्दपि, खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चचा बापत १ अर्ब ५७ करोड रुपैयाँ छुट्याउनु परेपछि सञ्चालन नाफा भने ६.२० प्रतिशतले मात्र बढेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ ।

यता, सेन्चुरी बैंकलाई एक्वायर गरेपछि प्रभु बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै उल्लेख्य मात्रमा विस्तार भएको छ । रिजर्भ कोष पनि ८९.९९ प्रतिशतले बढेर करिब १० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ पुगेपछि प्रतिसेयर आम्दानी संकुचित भएको छ । प्रतिसेयर आम्दानी ७.३२ रुपैयाँले घटेर ११.०७ रुपैयाँमा सिमित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: