काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँशीको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले आमाको अपार मायालाई सम्मान स्वरुप सञ्चालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशुल्क वार्षिक शुल्क (फ्री एएमसी) तथा प्रोफिट सेयरीङमा ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।
“माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिना भरि सञ्चालनमा रहने बैंकले जनाएको छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकवर्गले यस लगानी व्यवस्थापन सेवामा निशुल्क वार्षिक शूल्क (फ्री एएमसी) तथा प्रोफिट सेयरिङबाट ५० प्रतिशत छुट पाउन सक्नेछन् ।
ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।