काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा भएको छ ।
सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।
शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरूको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्नेछ ।
हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९ बैशाख १८ गते देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्