काठमाडौं । अर्थमन्त्री प्रकाशसरण महतले मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको दावी गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले हाल मुलुकमा देखिएको आर्थिक संकट बाहिर चलेको हल्लाजस्तो निराशाजनक नभएको दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको बताए । ‘मुलुकमा देखिएको आर्थिक संकट नियन्त्रणभन्दा बाहिर गएको छैन । सुधार गर्न सकिने अवस्थामै छ ।’, उनले भने, ‘यद्यपी अर्थतन्त्रमा समस्या भने जरुर छन् । त्यसलाई सरकारले गम्भीर रुपमा लिएको छ । समग्रमा मुलुकको अर्थतन्त्र निराशाजनक छैन ।’
त्यस्तै, अर्थमन्त्री महतले आर्थिक संकटको समस्यालाई नियन्त्रण गर्न अनावश्यक खर्चहरुमाथि लगाम लगाउन आवश्यक भएको बताएका छन् ।
उक्त विषयमा सरकारले अल्पकालीन र दीर्घकालीन रुपमा सोचिरहेको समेत अर्थमन्त्रीको भनाई छ । सबै खर्चहरुलाई व्यवस्थित गर्ने र सरकारमा भएको कमि कमजोरीहरुलाई सुधार्दै अघि बढे सफलता हात पार्न सकिने उनले दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्