काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभाको उद्धघाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व संकलनमा वृद्धि, पुँजीगत खर्चमा सुधार देखिएको बताएका थिए ।
अर्थतन्त्रमा केही सुधार देखिएपनि ट्रयाकमा भने आईनसकेको दाहालको भनाई छ । प्रधानमन्त्री दाहालले भने, ‘कम्तिमा १० महिनालाई पुग्नेगरी विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भईरहेको छ ।’
अर्थतन्त्रका वर्तमान जटिलतालाई हटाउन सरकार प्रयासरत रहेको समेत प्रधानमन्त्री दाहालले बताए । उनले आगामी बजेटमा केही नयाँ र गुणात्मक प्रकृतिका परियोजनालाई अगाडी बढाईने जानकारी समेत दिए । चेम्बरको उद्धघाटन सत्रमा प्रधानमन्त्री दाहालले भने, ‘सरकार आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ । परम्परागत प्रकृतिको नीति कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ । सरकारले यो पटक विगतभन्दा भिन्न, विगत भन्दा नयाँ विगत भन्दा केही गुणात्मक नीति कार्यक्रम र योजनाहरु अगाडि बढाउने गृहकार्य गरिरहेको छ । जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस ।’
बैंक वित्तीय संस्थामा उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पनि पहल भईरहेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले भने, ‘पछिल्लो समय उच्च ब्यादजरले समग्र उद्यमी व्यवसायी एवं ऋणहरुमा परेको असरबारे मैले राष्ट्रबैंकका गर्भनर लगायत निजी क्षेत्रका प्रतिनिधिहरुसंग पनि छलफल गरिरहेको छु केही दिनमा सकारात्मक संकेत देखिनेछ ।’
मुलुकको उद्योग व्यापारको विकास र विस्तारमा निजी क्षेत्रको योगदान बढाउन महत्वपुर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री दाहालले चेम्बर अफ कमर्सलाई समेत धन्यवाद दिएका थिए । उनले निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने समेत बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्