काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेश्रो त्रैमासमा ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ७१.५९ प्रतिशतले घटेको हो ।
गत वर्ष कम्पनीले ३ करोड ४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफामा असर परेको हो । आँखुखोलाले यो त्रैमासमा विद्युत बिक्रीबाट १५ करोड ४५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । साथै, उत्पादन तथा वितरण खर्च पनि ३ करोड ४ लाख रुपैयाँबाट बढेर ३ करोड ९२ लाख रुपैयाँ पुगेपछि नाफा प्रभावित बनेको हो ।
हाल आँखुखोलाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड रुपैयाँ ऋणात्मक छ । नाफा घटेपछि यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा (वार्षिक) मा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ २५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्