Skip to content
LAXMI SUNRISE BANK

चितवनमा रवि लामिछानेलाई सघाउने कांग्रेस नेताको घोषणा

अर्थ सरोकार

काठमाडौँ । कांग्रेसले कारबाही फुकुवा गरेका चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले काँग्रेसलाई असहयोग गर्ने भएका छन् । उनले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई असहयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

‘परिवर्तित सन्दर्भमा एउटा उदाउँदो पार्टी हो । रास्वपालाई सहयोग गर्दा देशले निकास पाउँछ भन्ने लाग्छ।’ उनले भने । दर्जनौँ सामाजिक संघ-संस्थामा आबद्ध उनी चितवनको राजनीतिमा भिजेका नेता मानिन्छन् । कांग्रेसको आठौँ राष्ट्रिय महाधिवेशनयता निरन्तर महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेर काम गरेको अनुभव पनि उनीसँग छ ।

उनको यो घोषणासँगै रवि लामिछाने झन् शशक्त बनेको ठम्याई जानकारहरुको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK