काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज(मंगलबार) प्रारम्भिक सुनवाई हुने भएको छ ।
नागरिकता दुरुपयोग गरी नेपाली राहदानी लिएको मुद्या नचल्ने भन्दै महान्यायधिवक्ता कार्यालयले गरेको निर्णय विरुद्ध युवराज सफलले सर्वोच्चमा सोमवार रिट निवदेन दर्ता गएका थिए । सोही निवदेनमा मंगलबार प्रारम्भिक सुनुवाई हुनेछ । निवदेनमा रवि विरुद्ध मुद्दा चलाई कारबाही गरिनु पर्ने उल्लेख छ ।
अमेरिकि नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनी विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यसलगतै जिल्ला सरकारी वकिल कार्यालयको निर्णय विरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
लामिछाने आगमी १० बैशाख हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचारप्रसार छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन-२ मा अहिले उपनिर्वाचन हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्