×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपनिर्वाचनका लागि चितवन-२ मा रविको उम्मेदवारी दर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपनिर्वाचनका लागि चितवन-२ मा रविको उम्मेदवारी दर्ता

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित लामिछानेले नागरिकता प्रकरणका कारण पद गुमाएपछि पुन सोमबार बिहान सर्मथक सहित गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति समेत रहेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले पनि उम्मेदवारी दर्ता गर्दै छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी