×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिटयान्स भित्रियो

PRIME CA
GLOBAL IME BANK

एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिटयान्स भित्रियो

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको आठ महिनामा १.३ प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आर्थिक वर्षमा भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ आएको छ । फागुनमा मात्रै एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४.३ प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: