Skip to content
LAXMI SUNRISE BANK

बिजुली प्रयोग गरेको महशुल नतिरेपछि भकाभक बन्द हुँदै सिमेन्ट उद्योग, रोल्पा सिमेन्टको पनि लाइन काटियो

अर्थ सरोकार

काठमाडौँ । रोल्पा सिमेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलबापत रु आठ करोड ४४ लाख छ सय ९७ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले बक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत्  प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने ।

सिमेन्ट उद्योगले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।

त्यस्तै, केही दिन अघि बिजुली प्रयोग गरेको विद्युत महशुल नबुझाएको भन्दै विद्युत् प्राधिकरणले सोना सिमेन्टको लाइन काटेको थियो । सिमेन्टले प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK