काठमाडौँ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको तनाव व्यवस्थापन कार्यक्रम बुधवार सम्पन्न भएको छ । सहकारी संघले १६ औं स्थापना दिवसका अवसरमा रााष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका कार्यवाहक नगर प्रमुख राजु खड्काले गरेका थिए । कार्यवाहक नगर प्रमुख खड्काले सकारात्मक सोचका साथ चुनौतीको सामना गर्न तत्पर हुन सके जुनसुकै समस्या सहज रुपमा समाधान भएर जाने बताए । ‘यतिबेला बागलुङका केही सहकारीमा आएको तरलताको असहज अवस्थालाई लिएर धेरै टिका टिप्पणी र तनाव लिन जरुरी छैन, यतिबेला आएको चुनौती हो, यसलाई हामी सबै मिलेर समाधान गरिछाड्छौँँ’, उनले भने ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग केन्द्रका अन्तर्राष्ट्रिय प्रशिक्षक रमण भट्टराईले तनाव व्यवस्थापन सम्बन्धमा सहजीकरण गरेका थिए । उनले सकारात्मक सोच राखेर गरिने हरेक क्रियाकलापले समस्यालाई समाधान गर्न सहजता प्रदान गर्ने भएकाले सबैलाई सकारात्मक हुन आव्हान गरे । तवावमुक्त जिवन जिउनका लागि खानपान, आराम, समय व्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै उनले निरन्तर सक्रिय हुन सकेमा पनि तनावमुक्त भएर बाच्नका लागि सहयोगी हुने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार राम बहादुर जिसी, पूर्व अध्यक्ष तथा सल्लाहकार दिपक गौतम, सल्लाहकार तथा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्