काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले आयोजना गरेको दुई दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ ।
सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, जमानत लगायत संभावित जोखिम कम गर्न सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
तालिममा ऋण लगानीका प्रक्रियाहरु, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, ऋण असुलीका उपायहरु, भाखा नाघेको ऋण असुली गर्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले सहकारीमा बचत फिर्ताको चाप बढ्दै जादा ऋणी सदस्यहरुलाई भुक्तानीको चाप बढ्ने भएकाले सतर्क रहन आव्हान गरेका छन् ।
सहकारी बैंकका अधिकृत राज कुमार बरालले तालिममा सहजीकरण गर्दै ऋण लगानी गर्दा ध्यान दिन नसकेका कारण खराव ऋण बढेकोले पनि सहकारीमा तरलता व्यवस्थापनमा असर गरेको बताएका थिए ।
तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले वित्तीय कारोबार गर्ने सहकारीहरुले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सुझाव दिदै उनले ऋणको जोखिम न्यूनिकरण गर्न सके सहकारीको समस्या सहजै समाधान हुने धारणा राखे ।
नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्माले सहकारीले सदस्यहरुलाई विधिसम्मत ऋण लगानीका लागि कर्मचारीको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए । उनले सञ्चालक साधारणसभाबाट निर्वाचित भएर आएका हुन्छन्, उनीहरुलाई प्राविधिक कुरा थाहा नहुन पनि सक्छ, तर कर्मचारी पढेरै जागिर खान आउने भएकाले नीतिसंगत नहुने कुरामा सञ्चालकहरुलाई समेत रोक्ने गरी काम गर्न उनले सुझाव दिए ।
तालिम समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट अभियान बहुउद्देश्यीय सहकारी संस्थाका सचिव गणेश प्रसाद शर्मा, सिवाइसी वचत तथा ऋण सहकारी संस्था डिमुवा सेवा केन्द्रका कर्मचारी बाल कुमारी आचार्यले तालिमले ऋण व्यवस्थापनका विधि र प्रक्रिया लगायत जोखिम न्यूनिकरणका विषयमा सहजता ल्याउन सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्